मुख्यमन्त्री राई र मोडल जाङ्मु आज विवाह बन्धनमा बाँधिदै

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाह बन्धनमा बाँधिदैछन् ।

सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग मुख्यमन्त्री राई विवाह बन्धनमा बाधिन लागेका हुन् । राजधानीको एक पार्टी प्यालेसमा उनको वैवाहिक कार्यक्रम शुरू भइसकेको छ ।

४९ वर्षीय राईले २३ वर्षिया मोडल जाङ्मु शेर्पालाई जीवनसाथी रोजेका हुन् । उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए । मुख्यमन्त्री राईको विवाह काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसमा हुनेछ ।

स्रोतका अनुसार शेरधन र जाङ्मुको विवाह सानो समारोहमा हुँदैछ । विवाहमा राई निटकस्थ करिब दुई दर्जन व्यक्तिलाई मात्र जन्ति जाने निम्तो छ ।

आजै हुने रिसेप्सनमा भने राष्ट्रपति-प्रधानमन्त्रीलगायतका भीभीआईपीहरूलाई पनि निमन्त्रण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रिसेप्सनमा सहभागी हुने वचन दिएका छन् । स्रोतका अनुसार कोरोनाका कारण रिसेप्सनमा पनि धेरै मान्छे निम्त्याइएको छैन ।

वैवाहिक कार्यक्रममा सामाजिक दूरी र कोरोनाविरुद्धका स्वास्थ्य सतर्कताहरू अपनाइने राईनिकट स्रोतको भनाइ छ ।

मेरो फिल्म परिवारको तर्फबाट बधाई तथा सुभकामना