‘क्लब प्लाटिनम’मा दर्शकको साथमा सविन


गायक सविन राइका थुप्रै गीत हिट छन् । उनका हिट गीत सुन्न आज पनि दर्शक आतुर छन् । उनै, सविन राइ अब राजधानीको दरबारमार्गमा संचालनमा आउन लागेको क्लब प्लाटिनममा दर्शक झुमाउन आउने तयारीमा छन् ।

गायक सविन राइले राजधानीको दरबारमार्गमा फ्रेवुअरी ५ तारिखबाट संचालनमा आउन लागेको ‘क्लब प्लाटिनम’मा आफ्नो प्रस्तुति दिने भएका छन् ।

क्लबका संचालक नितिश शाहीले दर्शकको मनोरञ्जनका लागि आफूहरुले कुनै कसर बाँकी नराख्ने बताएका छन् । क्लब प्लाटिनम कोरोना महामारी अगाडि पनि सामान्य ढंगले संचालनमा आएको थियो । तर, कोरोनाका कारण देशभरका सबै व्यवसाय ठप्प रहँदा क्लब व्यवसायलाई पनि ठूलो असर पर्यो । तर, यही समयमा प्लाटिनमका संचालकले यसलाई नयाँ ढंगले निर्माण गर्ने मौका भने पाए ।

नेपालमै पहिलो पटक ‘लाइट चेन्जिङ फ्लोर र स्टेश क्लब प्लाटिनममा जोडिएको संचालकको दाबी छ । गीत अनुसार लाइट परिवर्तन हुन सक्ने नयाँ प्रविधी जडान गरिएको नितिशले बताए । यस्तै, क्लबमा एलइडी र लाइट पनि लोभलाग्दो बनाइएको दाबी गरिएको छ ।

नेपालमा क्लब कल्चर विकास हुँदै गएको अवस्थामा क्लब प्लाटिनमले पनि बजारमा राम्रै प्रतिस्पर्धा दिन सक्ने विश्वास गरिएको छ ।