फिल्म “प्रेमगन्ज” बनाउदै राजु फुईयाल

बिगत २५ बर्ष देखि फिल्म जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु अब निर्माता बन्ने भएका छन् । उनले प्रेम दिबसको अवसर पारेर आफ्नो फेसबुक मार्फत फिल्म “प्रेमगन्ज”को औपचारिक घोषणा गरेका छन् । फिल्म पूर्ण त प्रेमकथामा आधारित हुने छ ।

राजु अहिले एक भोजपुरी फिल्मका निम्ति इन्डियामा छन् । उनले सगुन देखि “ए मेरो हजुर ३” सम्म आउदा लगभग तिन सय बढी फिल्ममा काम गरिसकेका छन् । उनि यो फिल्म क्षेत्रमा पाईला राख्दा जम्मा ११ बर्षका थिए । आफ्नो जीबनको आधि हिस्सा फिल्म क्षेत्रलाई दिएका राजुलाई अब फिल्म क्षेत्रले के दिन्छ ? त्यो भने अब हेर्न बाकीं छ ।

फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने परिच्छेद सेनले निर्देशन गर्दै छन् । फिल्म “ चलचित्र चौतारी” को ब्यानरमा बन्ने भएको छ ।