सलमानले कोरोनाबिरुद्धको खोप लगाएपछि के भने…

बलिउडका कलाकारहरु कोरोना बिरुद्धको खोप लगाइरहेका छन् । कोरोना भाइरस तिव्र रुपमा फैलिदै गएपछि भ्याक्सिन लगाउने कलाकारहरु पनि बढ्दै गएका छन् । यसैबीचमा बलिउडका स्टार सलमान खानले कोविड १९ को पहिलो डोज खोप लगाएका छन् ।

उनले आफुले पनि कोरोनाको पहिलो भ्याक्सिन लगाएको जानकारी दिएका छन् । सलमान आफैले ट्विट् गर्दै यसबारेमा जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्,‘आज मैले पहिलो पटक कोरोना खोप लगाए ।’ यस अघि परेश रावल लगायतका कलाकारहरुले पहिलो खोप लगाएका थिए । परेश पुन कोरोनाबाट संक्रमण भएर आइसोलेसनमा बसेका छन् । कोरोनाको संक्रमण अहिले भारतको महाराष्ट्र लगायत विभिन्न राज्यहरुमा तिव्र रुपमा फैलिरहेको छ । यसबाट केही कलाकारहरु पनि संक्रमित भइसकेका छन् ।