‘माइतीघर’को सिक्वेलमा अनमोल केसी

पुरानो फिल्म ‘माइतीघर’को सिक्वेलको रुपमा ‘माइती घर २’ निर्माण हुने भएको छ । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले फिल्मको निर्माण गर्न लागेका हुन् ।

‘माइतीघर २’ नाममा बन्न लागेको फिल्मलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्ने पक्का भएको छ । यो फिल्मलाई निर्माता भूवन केसीले आफ्नो ब्यानरमा दर्ता समेत गरिसकेका छन् ।

फिल्ममा मुख्य अभिनेता भने अनमोल केसी रहनेछन् अन्य कलाकार र प्राविधिक भने फाइनल हुन बाँकी रहेको छ । भुवन अहिले अर्काे फिल्म ‘पारस’को पनि काममा पनि ब्यस्त छन् । जसको हिरो पनि अनमोल केसी नै हुन् ।

फिल्मको बिषयमा भूवनले भने–‘हो, हामी माइतीघर २’ बनाउने तयारीमा छौं । फिल्मको कथावस्तु तयार भैसकेको छ ।’  तर ‘माइतीघर-२ र पारस’ मध्ये कुन फिल्म पहिले बन्ने भन्ने बिषयमा पक्का नगरिएको भूवनले बताए । उनले भने–‘हामी दुबै फिल्म एकपछि अर्को रुपमा बनाउनेछौं । फिल्म ‘माइती घर २’ र ‘पारस’ मध्य पहिले कुन बन्छ भन्ने अहिले फाइनल नभएको भुवनले बताए ।

‘फिल्म ‘पारस’ र ‘माइतीघर २’ आफ्नै ब्यानरबाट निर्माणको तयारी गरेको छु’ अभिनेता भुवनले भने ‘दुइटै फिल्ममा हिरो अनमोल रहनेछन् ।’ कुन फिल्म पहिले बन्ने त्यो अहिले तय नभएको बताएका भुवनले दुबै फिल्मको काम भैरहेको जानकारी दिए ।

धेरै पहिले निर्माण भएको फिल्म ‘माइतीघर’ विएस थापाले निर्देशन गरेका थिए, भने निर्माण सुमाञ्जली फिल्मस्ले गरेको थियो । फिल्ममा माला सिन्हा, सिपी लोहनी लगायत कलाकारको अभिनय रहेको थियो ।

भूवनका अनुसार, यो फिल्मलाई सुवोध चोपडाले निर्देशन गर्दैछन् । फिल्ममा नायक अनमोल केसी मुख्य भूमिकामा देखिनेछन् । नायिका भने फाइनल गरिएको छैन । लभ स्टोरी कथामा बन्ने यो फिल्ममा अनमोलको गेटअप परिवर्तन हुने वुझिएको छ ।

कोभिडको जोखिम बढेको खण्डमा यसको निर्माणपक्षले छायांकन नयाँ बर्षबाट सुरु गर्न नसकिने बताएको छ । तर, कोभिडको जोखिम कम भएको खण्डमा वैशाखबाटै ‘पारस वा माइतीघर २’ मध्ये एक फिल्मको छायांकन सुरु गर्ने योजनामा आफू रहेको भूवनले बताए ।