‘ए काली भागौं यसपाली’ भन्दै आए ‘माग्ने बुढा’ र वर्षा

हास्यकलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा’ र बर्षाराउत अभिनिति ‘ए काली भागौँ यसपाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेश भण्डारी र गायिका स्मिता दाहालको स्वर, दिपक आचार्यको शब्द तथा संगीतमा तयार भएको म्युजिक भिडियोमा केदार र वर्षाको अभिनय देन्न सकिन्छ ।

हास्य सिरियल सक्किगानीका काकु दीपक पछिल्लो समय म्युजिक भिडियोको निर्देशनमा व्यस्त रहदै आएका छन् । उनैले निर्देशन गरेको यस भिडियोमा सुप्रिम पराजुलीको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी, हरि हुमागाँइको छायांकन छ ।