सिरियल निर्माण भएको २५ वर्षपछि आयो युटुवमा ‘देउता’

नेपाली टिभी सिरियलको दुनियामा सधै सम्झनामा रहेको एउटा हो ‘देवता’ । यो एउटा विशुद्ध रुपमा नेपाली समाजको रुपान्तरण सिरियल हो नेपालीमा अर्थ लाउने हो भने नाटक । आज भन्दा २५ बर्ष अगाडीको समयमा स्व.प्रकाश कोविद ज्युको उपन्यासमा आधारित निर्माण भएको यस सिरियलले ठुलो इतिहास बोकेको छ ।

२५ बर्ष पार गरिसक्दा पनि धेरैले यसलाई बिर्सन सकेका छैनन् । पुरानो पिडि संगै अब नया पिडिलाई पनि त्यो समय र कालखण्ड उजागर गर्नुपर्छ भन्ने लक्ष्य सहित यो सिरियल फेरी अहिले पुरानै शैलीमा देखाउने जमर्को गर्दै युटुबमा सार्वजनिक गरिएको छ ।

चर्चित निर्देशक प्रताप सुब्बाद्वारा निर्देशित यो टिभी सिरियललाई बैशाख १ गते नया बर्ष २०७८ को अवसर पारेर किम्भे प्रोडक्सन युटुब च्यानलले सबैको माझमा ल्याएको छ ।

भारतको सुन्दर र आकर्षक ठाउँ सिक्किमको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको यो टेली सिरियलमा यहाँहरुले रजनी राना, बिज्ञान जोशी, दिनेश सिंह महरा, दीगविजय केसी, माला महत, मेनुका प्रधान, सीबी सुब्बा, रवि शर्मा, श्याम भट्टराइ, ललित सुब्बा, बिशाल चाम्लिङ्ग, रोशन सुब्बा, हंग्मा सुब्बा, दवाकिपा भुटिया र देउकी भुटियाको अभिनय देख्न पाउनुहुनेछ।

यो टेली सिरियलले अहिलेको समयमा कुनी उचाई लिनेछ या लिनेछैन त्यो छुट्टै कुरा होला तर यसले अवश्य पनि अहिलेको युवा पुस्तालाई संदेश भने पक्कै प्रवाह गर्नेछ ।