‘सधैँभरि तिम्रो’ भन्दै आए देवकुमार

गायक तथा सङ्गीतकार देवकुमार द्रविडको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी तथा सर्जक प्रकाश थापा पुलामी मगरको शब्द रचना रहेको ‘सधैँभरि तिम्रो’बोलको गीत  सार्वजनिक गरिएको हो ।
गीतको भिडियोलाई बरिष्ठ सङ्गीतकार राजु सिंह र सञ्चारकर्मी दीपक विहीनले संयुक्त रुपमा म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतमा बुद्ध स्याङ्वाले सङ्गीत संयोजन गरेका छन् ।
गीतलाई देवकुमारले नै गीतलाई लयबद्ध गरेका हुन भने गीतको भिडियोलाई मौसम विक्रम शाहीले निर्देशन गरेका छन् । गीतको भिडियोमा लक्ष्मी दुलाल र साइमन थापाको अभिनय देख्न सकिन्छ ।