अनी यो माया हो कि होइन वर्षाजी ?


नेपाली कलाकारको बानी साह्रै राम्रो । फिल्मको सुटिङ, भिडियोको सुटिङमा प्रेमीलाई बोलाउने । काँधमा हात राखेर पनि बस्ने । तर, भन्दिने लभ त होइन । साथी मात्र हौं हामी त ।

कुरा वर्षा सिवाकोटीको नै गरौं न त होइन । वर्षा सिवाकोटीको प्रेम राज कटुवालसँग छ भनेर भएको छ चर्चा । वर्षा र राज हरदम सँगै देखिएका पनि छन् ।

फोटो आएको आई नै गर्छ । तर, पनि उनले राजलाई साथी मात्र भन्दै आएकी छिन् । राजलाई साथी मात्र भनेकी वर्षा छायांकनका क्रममा राजसँगै हुन्छिन् । सार्वजनिक भएको फोटोमा राजको काँधमा हात राखेर वर्षा मस्त छिन् ।

तर, पनि भन्छिन् हामी त साथी मात्रै हौं । मैले कहिले भनेको छु र प्रेमी भनेर ।

अनी, प्रेमी भनेर मुखले मात्र भन्न पर्छ र । व्यवहारले देखाउदैन र । की यो फोटोले पनि साथीको मात्र कुरा बोल्छ त वर्षाजी ?