१ बर्ष अगाडिकै अवस्थामा देखियो फिल्म क्षेत्र ?

- मेराेफिल्म


चैत्र ११ गते लकडाउन हुँदा २ बर्ष अघि के हुन्छ भनेर भन्न सकिने नै थिएन । फिल्म क्षेत्रमा अन्यौलता छाएकै हो । गएको बर्षभरी नै नेपाली फिल्म यस्तै भयो । फिल्म रिलिज होलान् भनेर भनिएको हो । ४ वटा फिल्म मात्र रिलिज भएका हुन् ।

तर, दशैंपछि भने फिल्म बजार चलमलाउलानी त अब भनेर सोचेकै हुन् सबैले । किनभने, कोरोना कम भयो । बजार चलायमान भयो । फिल्म पनि चल्छ । बजार फक्रिन्छ भनेर सोचिएकै हो । तर, हुने कहाँ हो र यस्तो । भने जस्तो भएन ।

वैशाख १० गते आउँदा फिल्म क्षेत्र एक बर्ष अघि जस्तै भएको छ । के हुन्छ भनेर कसले भन्ने । रिलिजका लागि अघिल्लो लकडाउन हुन भन्दा अघि जस्तो अवस्थामा फिल्म थिए अहिले उस्तै छन् । बरु, बनेर केही फिल्म थुप्रिएका छन् ।

थुप्रिएका फिल्म र पुराना फिल्म कहिले रिलिज हुन्छन् भनेर कसले भन्ने । अवस्था भद्रगोल भयो । सबैको अवस्था फेरि पुरानै अवस्थामा फर्कियो । फिल्म रिलिज कहिलेबाट हुन्छ खै । फिल्म रिलिज नभएसम्म त यो क्षेत्र सुस्त नै हुने हो ।

२०७८ वैशाख १० गते १४:०७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *