कोरोनाले लियो बलिउड अभिनेत्री श्रीपदाको ज्यान

बलिउड अभिनेत्री श्रीपदाको कोरोनाको कारण निधन भएको छ । उनका जनरल सेक्रेटरी अमित बहले श्रीपदाको निधन पुष्टि गरेका छन् । सामाजिक सञ्जालमार्फत बहलेले भनेका छन्,‘कोरोना महामारीको दोस्रो लहर निकै घातक साबित भयो । यसले कयौं मानिसको ल्यान लिएको छ । फिल्म उद्योगका पनि कयौं मानिसको ज्यान गएको छ । यसमा श्रीपदा पनि सामेल भएकी छन् ।’

बलिउका कलाकारले पनि श्रीपदाको निधनमा दुख व्यक्त गरेका छन् । दक्षिण भारतीय एक्टर रवि किशनले श्रीपदाको निधनले बलिउडमा अतुलनिय क्षती भएको बताएका छन । रविले श्रीपदासँग ‘हम तो हो गए नि तोहार’ मा काम गरेकी थिइन् । उनले शोले और तुफान, आग और चिन्गारी, मेरी ललकार, शैतानी, पुराना पुरुष, धर्म संकट, बेवफा सनम र आजमाइश जस्ता फिल्ममा काम गरेकी छन् ।