प्रकाश सपुतले जिते कोरोना

गायक तथा नायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूसहित कलाकार देबेन्द्र बब्लू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा सबैको शुभेच्छा र आफूहरुको आत्मबलले कोरोना जितेको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।
कोरोनाबाट मुक्त भइसकेपछि उनले सतकर्ता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गर्न साथै सुरक्षित र सकारात्मक सोच राख्न आग्रह गरेका छन् । उनी गत १६ मा कोरोना सक्रमित भएका थिए ।