‘पहिलो माया’ सार्वजनिक

लक्ष्मण शर्मा र प्रविशा अधिकारीको स्वर समावेश गीति भिडियो ‘पहिलो माया’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट शुक्रबार सार्वजनिक गीतले प्रेमिल भाव बोल्छ । पहिलो पटक गायनमा पाइला अघि बढाएका शर्माले डेब्यू गायनमै संभावनावान क्षमता पस्केका छन् ।

गीतमा शब्द संगीत दुबै गायक शर्माको नै छ भने एरेञ्जको काम उदयराज पौडेलले गरेका छन् । प्रितम शाह र लक्ष्मण शर्माको प्रस्तुतिमा गीत सार्वजनिक गरिएको हो ।

भिडियोतर्फ गायक शर्मा स्वयंम फिचर्ड रहँदा उनको अपोजिटमा मोडल अस्मिता पन्तले जोडी बाँधेकी छिन् । गणेश शाहीको निर्देशनमा तयार भिडियोमा सम्पादन फराज अर्पणको छ । भिडियोलाई छायांकन पनि फराजले नै गरेका हुन् ।