आमा बनिन् गरिमा पन्त

अभिनेत्री गरिमा पन्त आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम समेत राखिसकेकी छन् । गरिमाले सामाजिक सञ्जालमा आफु आमा बनेको र छोरीको नाम प्रिषा राखिएको बताएकी छन् ।

उनले सामाजिक संजाल मार्फत आफ्ना फ्यान तथा शुभचिन्तकलाई आफु आमा बनेको जानकारी दिदै लेखेकी छन्,‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, मितिलाई यो सुन्दर धर्तीमा स्वागत ।’

उनी आमा बनेपछि थुप्रैले बधाई दिएका छन् । उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी थिइन् । केही बर्षको प्रेमलाई उनले विवाहमा परिणत गरेकी थिइन् ।