धुव्र जिसीको ‘तिजको लखेटो रेल आयो जनकपुर’

नेपाली नारिहरुको मौलिक परम्परा हरितालिका तिजको अवसरमा गायिका शान्ता परियार र गायकहरु रामु रिजाल , धुव्र जिसी , शक्ति छिनाल , मिलन विश्वकर्माको आवाजमा रहेको तिज गीत ‘तिजको लखेटो रेल आयो जनकपुर’ गीतको भिडियो सार्वजनिक भएको छ ।


तीज पर्ब भनेको बर्ष भरी एक छोरीले घरमा भोगेका बिभिन्न दुख कष्टहरुलाई माइती पुगेर बिसाउने रुपमा लिने गरिन्छ । यी र यस्ता रहनसहन लाई नेपाली गीत संगीतको माध्यमबाट थप उजागर गरेको पनि हामि पाउँदछौं । तर हिजो आजका गीत संगीतलाई मात्र व्यवसायिकमा ढालिदा मौलिकता मेटिने त्रास उत्पन्न रहेको छ । नेपाली मौलिक लोक सभ्यतालाई संरक्षण गदैँ नेपाली नारीको मनको भावलाई गीत मार्फत आम दर्शक तथा स्रोता माझमा ल्याएको गायक धुव्र जिसीले बताए ।

धुव्र जिसीको शब्द तथा लय सिर्जना र तारानाथ आचार्यको एरेन्ज  गीतमा रहेको छ । गीतमा दाजु भाई र दिदि बहिनी विचको भलाकुसारीलाई समेटिएको छ  । दिपसन खड्काको छायाँकन , भुपेन बानियाँको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ  । ”तिजको लखेटो रेल आयो जनकपुर “ गीतको भिडियोमा सलिना क्षेत्री , सीता रोक्का , सुनिल बानिया , देवेन्द्र घिमिरे लगायत कालाकारको अभिनय तथा नृत्य गीतमा रहेको छ  ।