दमन र उत्सबको आयो गाइजात्रा ‘छताछुल्ल’

हास्य कलाकार दमन रुपाखती र उत्सब केसीले ‘छताछुल्ल’ नामक ब्यङ्ग्यले भरिएको गाईजात्रा कोसेली दर्शकमाझ लिएर आएका छन् । उनीहरुले ‘छताछुल्लमा’मार्फत राजनीतिक र सामाजिक विकृतिलाई हास्य ब्यङ्ग्य माध्यमबाट चेतनाका साथै मनोरञ्जन दिने प्रयास गरेका छन् ।
यस ‘छताछुल्लमा’ सुभास गजुरेल, दमन रुपाखेती, कमलकान्त मैनाली, लक्ष्मण बिक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, लक्ष्मीनाथ तिमिल्सिना, सुरेश तिमिल्सिना ‘नक्कली ओली’, शोभा भण्डारी, दीपक सापकोटा, मनिता डंगोल, सन्देश राउत, आयुस्मा पाण्डे, उत्सब केसी लगायत कलाकारले अभिनय गरेका छन् ।

कलाकार उत्तम केसी र दुर्गा केसी निर्माता रहेको गाईजात्रा ‘छताछुल्ल’मा सहनिर्माताका रुपमा सुमन फुयाल रहेका छन् । यस गाइजात्रालाई छायांकनको जिम्मा ज्ञानकुमार कट्टेलले गरेका छन् भने सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ । आगामी ७ भदौमा परेको गाईजात्रालाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री सार्वजनिक हुनेक्रम जारी रहेको छ ।