टीका पुनको तीज गीत ‘शिरफुल मेरो’ सार्वजनिक

धर्मराज गिरीको लय, शब्दसंगै चर्चित गायिका टीका पुनको स्वरमा तीज गीत ‘शिरफुल मेरो’ सार्वजनिक भएको छ । प्रस्तुत गीतको भिडियोमा दीक्षा गिरीको अभिनय तथा नृत्य रहेको छ ।

धर्मराज गिरीकै निर्देशन समेत रहेको यस भिडियोमा अर्जुन सापकोटाको छायांकन, निर्मल प्याकुरेलको सम्पादन तथा रंग संयोजन छ भने नृत्य निर्देशक चन्द्र मन्दिरको रहेको छ । भिडियोलाई श्रीनाथ अनलाईन टि.भी. को अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।