लिउड अभिनेत्री स्वरा भास्करलाई कोरोना संक्रमण

बलिउड अभिनेत्री स्वरा भास्करलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वराले सामाजिक सञ्जाल इन्टाग्राममार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । बुधबार उनको आरटी-पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

स्वराले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाइसकेकी थिइन् । स्वरालाई कोरोना संक्रमण भएसँगै उनको पूरै परिवार होम आइसोलेसनमा बसेको छ । केही समययता आफूसँग नजिक भएका व्यक्तिहरुले कोरोना परीक्षण गराउन समेत उनले आग्रह गरेकी छिन् ।

इन्टाग्राममा उनले लेखेकी छिन्,‘म कोरोना संक्रमित भएकी छु । म लाई ५ जनवरीमा कोरोनाको लक्षण देखिएको थियो । लक्ष्ण देखिएसँगै म मेरो परिवार सँग आइसोलेशनमा बसेको हु । केहि दिन अगाडी मरो सम्पर्कमा आएका व्यक्तिहरुलाई सचेत भई कोरोना परिक्षण गराउन अनुरोध गर्दछु ।’