बलिउड फिल्म ‘एनिमल’मा रनवीर र अनिल कपुरसँग काम गर्दै विपिन कार्की

‘गोपी’अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने भएका छन् । उनले फिल्म निर्माताले फिल्मका लागि बोलाएको र अगस्टमा हुने सुटिङमा सहभागी हुने बताएका छन् ।
‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबीर सिंह’को निर्देशन गरेका सन्दिप रेड्डी भांगाले निर्देशन गरिरहेको यो फिल्ममा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडाले अभिनय गरिरहेका छन् । विपिनलाई निर्माण टिमले फोन गरेर फिल्म खेल्ने अफर गरेको हो । निर्माण टिमले विपिनको सेल्फी किङ हेरेर प्रभावित भएपछि सो फिल्म अफर गरेको बताएका छन् ।
उताका निर्मातालाई सेल्फी किङ देखाउने काम भने यसका निर्देशक विशाल सापकोटाले गरेका थिए । सापकोटाले ‘अर्जुन रेड्डी’कै रिमेक बनाउने तयारी स्वरुप अडिसनसमेत लिएका छन् । तर महामारीका कारण यो फिल्मको थप काम अगाडि बढ्न सकेको छैन । फिल्ममा विपिन अनिल कपुरसँगका दृश्यमा देखिनेछन् ।
तर विपिनले फिल्मसँग औपचारिक सम्झौता नभएको तर निर्माण टिमले ढुक्क हुन भनेको पनि जानकारी गराएका छन् ।
रनविर सँग फिल्म खेल्ने विपिन दोस्रो कलाकार हुन् । यस अघि फिल्म बर्फीमा भोला सापकोटाले संगै अभिनय गरेका थिए ।
हेर्नुस्- विपिन कार्की अब कस्तो क्यारेकटरमा

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया