नेपालीभाषी भुटानी शरणार्थीको कथामा बन्ने फिल्म ‘रबरसिटी’को अडिसन आह्वान

फिल्म ‘रबरसिटी’को निर्माण पक्षले कलाकारका लागि अडिसन आह्वान गरेको छ । अमेरिकामा छायांकन हुने फिल्मले अडिसन आह्वान गरेको हो ।

फिल्मका लागि नेपाली भुटनिज र अमेरिकनले अडिसन दिन सक्नेछन् । नेपाली भुटनिज १४–१५ वर्ष उमेरका र ३० देखि ३५ वर्ष उमेर समूहका व्यक्तिले अडिसन दिन सक्ने निर्माण टिमले जनाएको छ ।

६० देखि ७० वर्ष उमेरका अमेरिकन चत्रिरत्रका लागि पनि अडिसन कल गरिएको हो । हाल अमेरिकामा हुने इच्छुक व्यक्तिले अडिसन दिन सक्ने जनाइएको छ ।

फिल्म ‘रबरसिटी’ फेब्रुअरीमा अमेरिकामा छायांकन हुँदै छ । सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ । फिल्मलाई विनोद पौडेलले निर्देशन गर्दैछन् । भुटानबाट नेपाल लखेटिएर अमेरिका पुगेका नेपालीभाषी भुटानी शरणार्थीको कथा भन्ने फिल्मको स्टोरी पनि निर्देशक विनोद स्वयंले लेखेका हुन् ।