पल शाहलाई अनुसन्धानकालागि गैंडाकोट लगियो

नायक पल शाहलाई थप अनुसन्धानका लागि नवलपुरको गैडाकोट लगिएको छ ।

नाबालिक गायिकालाई जवर्जस्ती करणीको अभियोगमा पक्राउ परेका शाहलाई अनुसन्धानका लागि पूर्वी नवलपरासीको गैंडाकोट लगिएको हो ।

शाहविरुद्ध गत फागुन १६ गते गैंडाकोटमा पीडित किशोरीले जाहेरी दिएकी थिइन् । यस अघि जिल्ला अदालत तनहुँले शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीले जाहेरी दिएका कारण शाहलाई मंगलबार गैंडाकोट पुर्याइएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् ।

उनलाई केही दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरी निरीक्षक खनालले बताइन् ।

नवलपुरका गैडाकोटमा रहेको गैडाकोट रिर्साटमा नाबालिका गायिकाको करणी सम्बन्धित पहिलो घटना भएको स्थल रहेको र इलाका प्रहरी कार्यालय गैडाकोटमा पनि पीडित गायिकाको आफन्तले उजुरी दिएका कारण उनलाई नवलपुरबाट पनि अनुसन्धान थालिएको हो ।