‘केजीएफ २ र ए मेरो हजुर ४’बाट कालिमाटीमा वान सिनेमाजको नयाँ शाखा सुरु हुने

संचालनमा आएको छोटो समयमा नै चर्चामा आएको नयाँ बाँनेश्वरको वान सिनेमाज्ले अब कालिमाटीमा पनि नयाँ हल संचालनमा ल्याउने तयारी गरेको छ ।

३ सय सिट क्षमताका २ अडिटोरियम संचालनमा ल्याउन लागिएको हो । कालिमाटीमा रहेको ट्रेड सेन्टरको चौथो तल्लामा नेपाली फिल्म ‘ए मेरो हजुर ४ र केजीएफ २’बाट हल संचालनमा आउनेछ ।

यो हलमा थ्रीडी र डल्बी अटमस ध्वनी प्रविधि जडान गरिएको वान सिनेमाज्का प्रमुख प्रज्ज्वल शमशेर जबराले जानकारी दिएका छन् ।

यस्तै, बाँनेश्वरमा रहेको वान सिनेमाज्मा भोली १ गतेबाट तेश्रो अडिटोरियम पनि संचालनमा आउने प्रज्ज्वलले बताएका छन् । यो हलमा ६९ सिट क्षमता रहनेछ । जसमा, दर्शकले ५ सय र ७ सय टिकट काट्नुपर्नेछ । यो हलमा खाजाको अर्डर गरेपछि सिटमै खानेकुरा आइपुग्ने बताइएको छ ।