आफ्ना सारथी कुमारका पिताको भोट गन्न ललितपुर पुगे बालेन

काठमाडौं महानगरपालिकाको मतगणनामा अग्रपंक्तिमा रहेका बालेन्द्र शाह ललितपुरको मतगणनास्थलमा पुगेका छन् । जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन केही साथीहरुसहित पुगेका हुन् ।

ललितपुर वडा नम्बर १० को मतगणना सुरु भएपछि बालेन त्यहा पुगेका हुन् । उनी, यस वडाका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकारको प्रतिनिधीका रुपमा त्यहा पुगेका हुन् । व्यञ्जनकारलाई बालेन आफ्नो राजनीतिक गुरु मान्ने गर्दछन् । पञ्चायतकालदेखि नै व्यञ्जनकारले यही वडाबाट चुनाव जित्दै आएका छन् ।

बालेनसँग हिजोआज एक यूवा सँगैसँगै देखिन्छन् । उनी भने व्यञ्जनकारका छोरा कुमार वेन हुन् । कुमार चुनावमा बालेनको सारथी नै बनेका छन् । उनले आफ्ना पितालाई भन्दा बढी बालेनलाई साथ दिइरहेका छन् । सधै कालो चश्मामा पुग्ने बालेन यसपटक भने विना चश्मा पुगेका थिए । उनले, संचारकर्मीसँग कुरा गर्न मानेनन् ।