अमेरिकाकाको हलमा ‘ए मेरो हजुर ४’लाई १९ शो

यो बर्षको पहिलो दिनबाट रिलिजमा आएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ विदेशका विभिन्न स्थानमा प्रदर्शन भैरहेको छ । यसैबिच, नेपालमा शो पाउनका लागि फलामको चिउरा चपाए जस्तै भएको यो फिल्मलाई अमेरिकाको सिनेपोलिस हलले भने उच्च शो दिएको छ ।

टेक्सासमा रहेको यो हलले यो फिल्मलाई शुक्रबार, शनिबार र आइतबार ४–४ शो दिएको छ । यस्तै, एक सातामा यो फिल्म सिनेपोलिस हलमा १९ शो चल्ने पक्का भएको छ । अमेरिकामा रहेका निर्देशक सुरेश दर्पण पोख्रेलले नेपाली फिल्मले पाएको यो शो उच्च भएको उल्लेख गरेका छन् ।

अमेरिकामा ‘कबड्डी ४, छ माया छपक्कै’ लगायतका फिल्मले पनि उच्च व्यापार गरेका थिए । नायक अनमोल केसी र नायिका सुहाना थापाको क्रेज, फिल्मको ब्रान्ड र गीतसंगीतका कारण पनि यो फिल्मले उच्च शो पाएको हो ।

झरना थापाको निर्देशनमा सुनिल कुमार थापाको निर्माण रहेको यो फिल्मले नेपालमा ‘केजीएफ २’ जस्तो फिल्मसँग जुध्दा पनि सुखद कमाई गरेको थियो ।