भुवन केसीको कार्यकाल सुरु नहुँदै अलमल

Mero Film

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको केही हप्तामै नायक भुवन केसी अलमलमा परेका छन् । सर्वोच्च अदालतमा भुवनको नियुक्ती कानुन विपरित भएको भन्दै निर्देशक नरेश पौड्यालले मुद्दा दायर गरेपछि भुवन अलमलमा छन् । २ बर्षमा नेपाली फिल्मको विकास र विस्तार देखिने गरि काम गर्ने सोच बनाएर बोर्डमा पुगेका भुवनलाई मुद्दा अदालतमा पुगेपछि समस्या परेको हो ।

सर्वोच्चले सोमबार बोर्डमा भुवनलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फाइल मागेको छ । न्यायाधीस प्रकाशमान सिंहको एकल इजलासले सरकारको निर्णयको सक्कल फाइल मागेको हो । यस्तै, अदालतले भुवन केसीलाई नियुक्त गर्नुको कारण पनि माग गरेको छ ।

विशेषगरि, सरकारले तोकेको अध्ययन योग्यता भुवनको नपुगेको भन्दै नरेशले मुद्दा दर्ता गरेका थिए । अदालतमा मुद्दा अगाडि बढेपछि भुवनको नियुक्ती के हुन्छ भन्ने बहस समेत सुरु भएको छ ।


Leave a Reply

Your email address will not be published.