अभिनेता पल शाहको मुद्दामा तनहुँको सुनुवाइ स्थगित

अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा सुनुवाइ स्थगित भएको छ ।

जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको नावालिग बलात्कारको आरोप पक्राउ परेर थुनामा रहेका शाहको पेशी स्थगित भएको हो।

शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो । तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।

गत ११ फागुनमा नाबालिग माथि पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। त्यसको ४ दिन पछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए। त्यसपछि शाह गत ३० चैत देखी थुनामा रहेका शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।

उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा रहेको छ । बुधबार तनहुँ अदालतमा पेशी स्थगित भएको भने नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको छ ।

यसअघि थुनाबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । तर, अदालतले निवेदनलाई अस्वीकृत गरिदियो ।