मनाङबाट अनमोल भन्छन्–‘छड्के २ मा मेरो भूमिकाले दर्शकलाई सरप्राइज दिन्छ’

नायक अनमोल केसी विगत एक महिना भन्दा बढी समयदेखि फिल्म ‘छड्के २’को छायांकन गरिरहेका छन् । पहिलो चरणको छायांकन चितवनमा गरेर काठमाडौं फर्किएका अनमोल विगत केही दिनदेखि मनाङमा छन् ।

मनाङमा रहेका अनमोलले टेलिफोनमा मेरो फिल्मसँग कुरा गर्दै ‘छड्के २’ आफ्ना लागि विशेष र फरक रहेको सुनाए । उनले भने–‘निक्कै राम्रोसँग काम भैरहेको छ । अहिलेसम्मको दृश्यले म खुशी छु । दशैं अगाडि नै छायांकन सक्ने योजनामा थियौं । तर, अब तिहार अगाडि मात्र सकिन्छ होला ।’

अनमोलले योे फिल्मको कथावस्तु र आफ्नो गेटअपले दर्शकलाई सरप्राइज दिने बताए । भने–‘संभवत, नेपालमा यस्तो कथामा ग्याङस्टार फिल्म यस अगाडि बनेको छैन होला । यसैले, पनि फिल्म हेर्दा दर्शकलाई नयाँ अनुभुती हुनेमा विश्वास छ ।’

अनमोलको पाइपलाइनमा ‘जेरी २, एक्स नाइन र पूजा शर्मासँगको फिल्म छ । फिल्म ‘एक्स नाइन’को छायांकन अर्को बर्षको अक्टुबरसम्म पोष्टपोन्ड भएको छ । यसैले, अनमोल ‘छड्के २’ भ्याएपछि ‘जेरी २’को छायांकन गर्ने योजनामा छन् ।