निर्देशक मनोज पण्डितको जमानत जफत

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यस पटकको निर्वाचनले कतिपय नयाँ अनुहार र दललाई चिनाएको छ भने, कतिपय चर्चित अनुहारले हार व्यहोरेका छन् । केही चर्चित उम्मेदवारको त जमानत समेत जफत भएको छ ।

जमानत जफत हुनेहरूमा पूर्वमन्त्रीदेखि कलाकारसम्म छन् । सदर मतको १० प्रतिशत मत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।

जमानत जफत हुनेमा निर्देशक मनोज पण्डित छन् । उनले जमानत जोगाउन सकेनन् । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा १ लाख ३ हजार ३ सय ९१ मत खसेको थियो । काभ्रे , प्रतिनिधी सभा निर्वाचन नम्बर क्षेत्र २ बाट उम्मेदवारी दिएका पण्डितले १०३३९.१ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो । उम्मेदवार पण्डितले खसेको कुल सदर मतको जम्मा १ प्रतिशत मत कटाउन सकेनन् ।

पण्डितले जम्मा १ सय ७३ मत मात्र प्राप्त गरेपछि जमानत जफत भएको हो ।