आंचलको खुलेर पनि नखुलाइएका प्रेम सम्बन्धहरु

पल भन्ना साथ आंचल समेत सम्झिन्छन् नेपाली फिल्म प्रेमीले  । किनकी आंचल शर्मा र पल शाहको केमेस्ट्री रिल र रियल दुबैमा मन पराइएको थियो  । उनीहरु अन्तर्वार्तामा समेत जमेकै देखिन्थे  । आप जोडीको खोजी नेपाली दर्शकले पटक पटक गर्थे  । यस्तो समय पनि थियो कि आंचल या पल एक्लै एक्लै फिल्म त के म्युजीक भिडियोमा समेत देखिदा अचम्म मान्थे दर्शक  ।

तर यो सम्बन्धमा ट्वीस्ट ल्याए डाक्टर उदिप श्रेष्ठले  । आफ्नो सामाजिक संजालमा अरुलाई स्थान नदिने आंचलले श्रेष्ठलाई भने स्थान दिइन्  । त्यो पनि ‘वेस्टएस्ट फ्रेन्ड’ भन्दै  । यस अघि नै पल र आंचलको दुरी बिस्तारै बढेको अनुमान गर्न सकिन्थ्यो  ।

आंचलले आफु पलसंग सम्बन्धमा नरहेको र पल संग विवाह नै नहुने भनिन्, जब उनको जीवनमा डाक्टरको प्रवेस भयो  ।  यस अघि त सम्भावना के को छैन र ! भन्दै मन्द मुस्कान छर्ने आंचलको जीवनमा पात्र बदलिए तर उनको अभिव्यक्ति त्यस्तै नै छ, पहिला पल र अहिले उदिपलाई लिएर ।

एक अन्तर्वार्तामा आंचलले ‘आफुले अरु जो संग विवाह गरे पनि मेडिकल डाक्टरसंग विवाह नगर्ने’ बताएकी थिइन्  । तर समय यस्तरी बदलियो कि उनी डाक्टर कै प्रेममा परिनन्  । यस अघि उदिप एक हिरोइन तथा सेलिब्रेटी खेलाडी सिपोरा गुरुङसंग सम्बन्धमा थिए  । अर्को सम्भावना पनि रहन्छ, विवाह नगर्ने तर प्रेममा छु र  छैनको खेल खेल्दै अझ अरु कोहि तेस्रो  व्यक्तिलाई जीवनसाथी बनाउने  ।

आंचल मख्ख छिन्  । उनको खुसि, उनको अनुहार र फैलिदै गएको शरीरले पनि पुस्टी गरेको छ । उनी खुसि हुने अर्को कारण पनि छ, फिल्म झिंगेदाउ  । फिल्ममा सहायक भूमिकामा देखिन नचाहने उनी अहिले जस्तो भूमिका आए पनि गर्दै छिन्  । उनको भूमिका यस फिल्ममा स्ट्रंग पनि हुन सक्छ तर उनी सोलो हिरोइन भने होइनन्  ।
आँप जोडी छुटीएसंगै दर्शकको नकारात्मक प्रतिक्रिया आउन थालेको छ  । दर्शकले यो जोडीलाई एक्लै एकलाई भन्दा बढी मन पराएका हुन्  । तर फिल्मसंगै रियल लाइफमा पनि एक अर्का बिना नै रहेको देखिएको छ  । आंचल त खुसि  ।छन्  । तर पलले आफ्नो दुख ‘म यस्तो गीत गाउछु’ को गीत सेयर गर्दै ब्यक्त गरेका छन्  । पल पूजा शर्मासंग रहेर ‘म यस्तो गीत गाउछु’ को सिक्वेलको तयारीमा छन्  ।