भिटेन पक्राउका बिषयमा र्यापर तथा कलाकर्मीका कुरा

र्यापर भिटेन पक्राउ परेका छन् । ४महिना अगाडी गाएको गीतमा अश्लिल शब्द प्रयोग गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनी पक्राउ परेसंगै र्यापर, गायक, तथा कलाकर्मीहरुले त्यसको बिरोध र समर्थन सामाजिक संजालमा गर्न थालेका छन् ।  हेरौ उनीहरुको बिचार जस्ताको त्यस्तै ।

मानस घले (र्यापर)
वाउ बधाई हो बधाई चोर हैन कलाकारहरु खोरमा थुन्दै बस्नुहोस् ।  हाम्रो सो कल्ड साथीहरु… पहिले समाज र नकारात्मक सामाजिक वातावरण चेन्ज गर्नुहोस् । अनि बल्ल कलाकारको कन्टेन्ट नि सकारात्मक नै आउछ ।

उत्साह युनिक जोशी (र्यापर)
वाक स्वतन्त्रता धरासई भएको छ ।  तर हो समाजले स्वीकार्ने बिषय बनाउनु पर्छ ।  गीतको माध्यमबाट तिमीले बोलेको कुरा सम्पूर्णको दिमागमा बस्छ ।  आश गरौ यो माहोलबाट भीटेन भाइ चाडै बाहिर आउन्।

प्रकाश न्यौपाने (र्यापर)
हजारौका बा आमा बेपत्ता पार्नेलाई चै जेल कहिले ?

दुर्गा पंगेनी (गीतकार)
लौ ओली सरकारले गीत संगीतलाई भने चोख्याएरै छोड्च क्याहो ? हाहा त्यो थाईल्याण्ड बाट हग्नकै लागि काठमाडौ आउछु भन्ने केटो पनि पक्राउ पऱ्यो रे !!
देउवा दाईले रुन पनि पाईन्न भनेको त सुन्याथेँ ! बद्री दाईले कम्युनिष्टको शासनमा ‘गीत गाउन पाईन्न’ भन्नुभाथेन क्यारे । भाईहरु झपाझप पक्राउ पर्दा कतै गीत संगीत नारान गोपाल युगमा फर्काउने योजना त होईन भन्ने संको पो परो त !
अँ.. ज्योती मगर लाई कहिले पक्रन्च होला ???

रवी रिमाल (गायक)
खुल्ला दिशा मुक्त देशको राजधानीमा हग्न आउछु भने पछी समाउदैन त ! भीटेन भाई पनि हो के !

गोकर्ण गौतम (समिक्षक)
दुनियाँमा कति अपराधी छन्, सरकार धमाधम गायक पक्रदैछ, दुर्गेस थापापछि र्यापर भिटेन पक्राउ ।

दुई तिहाईको नियत र औकात ।

#SHAME

सुब्रत राज आचार्य (फिल्म निर्देशक)
कति हास्नु !! सरकारलाई दुर्गेश र Vten हरुले समाज बिगार्दै छ्न भन्ने लागेछ ???