मुस्कानको बिषयमा अमिताभको चासो (भिडियो)

एसिड आक्रमणमा परेर किर्तिपुर अस्पतालमा उपचार गराईरहेको १४बर्षिया मुस्कान खातुनलाई बलिउड कलाकारको सहानुभूति र संदेश एकपछी अर्को आइ रहेको छ ।  वरुण धवन र कृति सेनन पछी बलिउडका बादशाह अमिताभ बच्चनले एक सन्देश पठाएका छन् ।  उनले उक्त भिडियोमा भनेका छन्,’ मुस्कान, तिमीमाथि जे भयो त्यो कुनै पनि बच्चालाई हुनु हुँदैन तिम्रो देशको कानुनले अभियुक्तहरूलाई पक्राउ गरी सजाय दिनेछ । शिघ्र स्वास्थ्य लाभको कामना ।’

यस्तै, नेपाली गायक कोच राजु लामाले पनि मुस्कानलाई अस्पताल पुगेर भेटेका छन् । राजुले मुस्कानसँगको भेटमा ‘तिमीलाई देखेर’ बोलको गीत गाएका थिए । मोडल नीति शाहले पनि मुस्कानलाई भेटेर उनको हिम्मत बढाउने काम गरेकी छन् । भदौ २० गते विरगञ्जमा बिद्यालयबाट फर्किने क्रममा मुस्कानमाथि एसिड आक्रामण भएको थियो ।
https://twitter.com/UjjwalBikram/status/1179346268503576577?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1179346268503576577&ref_url=https%3A%2F%2Fwww.setopati.com%2Fsocial%2F191006%3Ffbclid%3DIwAR1au6hdGfoXq84Dv-ISniO6Sxmgyk5rhLtva1FkDCjPihGsGqhsyOLyu5Q