वर्षाजी अरुमाथि दोष थुपार्न बन्द गर्नुस्, फिल्म अभिनयले चल्छ !

फिल्म चल्न कलाकारको अभिनय जरुरी हुन्छ । एउटा फिल्म स्टार्डमले कसैको सहयोगले या त अन्य कारणले चल्न सक्छ । तर एक पछि अर्को फिल्म चल्छ भने त्यसमा अभिनय नै महत्वपूर्ण हुन्छ । बर्ष २०७५ लाई नियाल्दा एकाध फिल्म बाहेक कुनै फिल्मले राम्रो ब्यापार गर्न सकेन ।

फिल्म पुरानो बुलेट गत शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्मकी एक महत्वपुर्ण कलाकार वर्षा सिवाकोटीले फिल्म प्रदर्शनको एक दिनपछी नै सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस पोष्ट गरेकी छन् ।

उनको स्ट्याटस जस्ताको तस्तै :
न म starkid, न म कसैको girlfriend, न म हिट ब्यानर को रेगुलर member, न म कुनै youtube channel को official हिट actor …. बस काम को परिचय बनाउन निरन्तर एक्लो लागिराको बिचारा ” so called Reserved Artist ” अनि हल सम्म मेरा लागि किन जाने ? Waste of time ?? फिलिम को त के कुरा गर्नु ? हिट actors हिट movie ??

उनले पोष्ट मार्फत आफु स्टारकिड (कलाकारको सन्तान) नभएको भनेर गुनासो गरेकी छन् । नेपाली फिल्म क्षेत्रलाई नियाल्दा भुवन केसीका छोरा अनमोल केसीलाई सफल भएको मान्न सकिन्छ अभिनय, व्यवसाय र ब्यानरको कारण । शोभित बस्नेतका छोरा सलोन बस्नेतको चर्चा गर्ने हो भने उनको अभिनयको तारिफ भए पनि उनी अभिनित प्राय फिल्म ब्यवसायिक रुपमा सफल बन्न सकेका छैनन् । यसरी हेर्दा बर्षाको भनाइलाई सही मान्न सकिन्न ।

हिट ब्यानरको रेगुलर सदस्यको कुरा गर्दा, कुन व्यानरलाई हिट भन्ने र कुन ब्यानरलाई फ्लप भन्ने केको आधारमा प्रतिक्रिया दिन सकिन्छ ? एउटा कलाकारले आफुले काम गरेको ब्यानरलाई हिट र फ्लप भनिरहदा अन्याय पो भएको हो कि ? बर्षाले काम गरेको फिल्महरु हेर्दा नाइँ नभन्नु ल २ मा उनको भूमिकालाई मन पराइयो । दोश्रो फिल्म पशुपती प्रसादमा समेत उनको भूमिका छोटो छ तर फिल्म भने ब्लकबस्टर बन्न पुग्यो । त्यस पछी उनको मुख्य भूमिकामा केही फिल्म बने तर फिल्मले सफलता प्राप्त गर्न सकेनन् । उनले अहिले आएर राम्रो टिम पाएं भनेकी छन् । उनको यो कुरालाई हेर्दा लाग्छ उनी पनि चार्चित बन्न अभिनय भन्दा ब्यानरको पछी छिन् ।

वर्षा राउत र वर्षा सिवाकोटीको दुश्मनीलाई समय समयमा देखिदै आएको छ । सिवाकोटीले छोडेको फिल्म राउतले गरेको कारण यी दुईबीच अझ सम्बन्ध बिग्रिएको हो । वर्षा राउतको भर्खरै बिवाह भएको छ । उनको बिवाह र त्यस पछिका क्रियाकलाप मिडिया, युटुवमा चर्चाको शिखरमा छन् । यहि कारण सिवाकोटीलाई आक्रोस बढेको देख्न सकिन्छ । उनले भनेकी छन्,’आरुको यता फर्केको उता फर्केको बिषय युटुवमा हुदा शुक्रबारबाट आएका फिल्मको चर्चा खै ?’ अझ उनले शुक्रबार त कम्तिमा फिल्मलाई ध्यान दिनुपथ्यो नि भन्दै मिडिया माथि आक्रोस ब्यक्त गरेकी छन् ।

उनले लेखेको एउटा बिषय अझ चकित बनाउने किसिमको छ । आफु कसैको प्रेमिका नभएको कारण फिल्म ब्यवसायिक रुपमा असफल भएको रे ! फिल्म चल्न अभिनय चाहिन्छ । बर्षा जी सम्बन्ध भनेको घर चलाउने बिषयको नजिक हुन्छ । अझ उक्त बिषयमा स्पस्टिकरण दिदै उनले अझ धेरै कलाकार प्रेमिका भएको कारण चलेका भनेकी छन् । कोही कसैलाइ पनि उसको नितान्त व्यक्तिगत बिषयको बारेमा टिप्पणी गर्ने अधिकार कसैलाई पनि छैन । वर्षा कै बिषयमा पनि समयसमयमा सम्बन्धको चर्चा चल्ने गरेकै छ । पब्लिक फिगर भएको कारण यस्ता कुराको पछि लाग्ने या त बेवास्ता गर्दै अगाडी बढ्ने ? आफ्नो इच्छाको कुरा हो ।

फिल्म चल्नु नचल्नुमा मिडियाको भूमिका केही हद सम्म रहन्छ । तर यसो भन्दैमा मिडियामा छाएकै कारण फिल्म चल्छभन्ने भ्रम बाट बाहिर आउन जरुरी छ । वर्षाजी किनकी कुनै एक समय थियो जहा तपाइ युटुवर तपाईको वारिपरी घुम्थे । तर पनि फिल्म सफल बन्न सकेका थिएनन् । मिडियाको पूर्ण साथ पाएको फिल्म बुलबुलले पनि हलमा खासै चमत्कार गर्न सकेन ।

सफलता प्राप्त गर्न कोही एकले आफैले मेहेनत गर्ने हो र काम गर्ने क्रममा सहि निर्णय लिने जिम्मा पनि आफु माथि नै हुन्छ । किनकी बयस्क भएको हिसावले  तपाइको निर्णयको जिम्मेवर तपाइँ आफै रहनुहुन्छ । फिल्म नचलेपछि आक्रोशमा बोलेका बोलीहरु युटुवमा छ्याप्छ्याप्ती छन् । तपाईका स्ट्याटसहरु त मेटिए होला । तर स्क्रिनसट तपाईको रुखो बोलीका प्रमाण हुन् । आफुलाई रिजर्भ भन्न रुचाउने वर्षाका यस किसिमका अभिव्यक्तिले उनको स्वविवेकको अनुमान गर्न सकिन्छ ।

दर्शकले तपाइँका प्रतेक क्रियाकलापलाई नियालीरहेका हुन्छन् । तपाइको शब्दमा मात्रै नभएर तपाईको हिड्ने  बोल्ने प्रतिक्रिया गर्ने सामाजिक संजालको कृयाकलप सबै नै दर्शकले नियालिरहेका हुन्छन् । र यसैको आधारमा जो कोहि प्रतिको दृस्टीकोण दर्शकले बनाउने गर्छन् त्यसैले मिडियामाथि खानिनु भन्दा आफ्नो आचरणमा सुधार पो ल्याउने हो कि ?

सम्पूर्ण फिल्म क्षेत्र नै एक परिवार भएको कारण एकपछी अर्कोसंग सम्बन्ध बिगार्नु भन्दा सम्बन्ध सुमधुर बनाए आगामी दिन सफल हुने थियो की ?