अशोक शर्माको फिल्म नचल्दा ‘छ माया छपक्कै’ अगाडी रिलिज गर्न माग

फिल्म ‘रातो टिका निधारमा’ हेर्न दर्शक हलसम्म पुगेनन् । निर्माता निर्देशक अशोक शर्माले फिल्मका लागि धेरै मेहेनत गरेको छु भने पनि दर्शकले फिल्म मन पराएनन् । उनले आफु जोगिन फिल्म नचल्नुको कारण प्रदर्शनको समय र पुर्वमा निरन्तर परेको पानी माथि दोष थुपारे । खैर फिल्म चलेन । फिल्म नचल्दा उनलाई त घाटा छ नै संगसंगै हलवालाहरु समेत समस्यामा परेका छन् ।

यस बर्ष खासै फिल्म चलेका छैनन् । अधिकाम्स हलहरु त खाली खाली नै रहे । अझ सिंगल थिएटरको अवस्था अझ नाजुक छ  ।हलवालाको कमाउने समय दशैं नै बनेको छ । तर रातो टिकाले आसातित ब्यापार नगर्दा दर्शक हाल सम्म पुगेका छैनन् । कबड्डी कबड्डी कबड्डीले २ हप्ता राम्रो ब्यापार गरे पनि अब दर्शकले नयाँ फिल्म अपेक्षा गरेका छन् । हलवालाहरु ‘छ माया छपक्कै’ टिमसंग फिल्म चाडै रिलिज गर्न भन्दै निरन्तर सम्पर्कमा छन् । दशैंमा समेत व्यवसाय धरासाई भएको कारण निर्माण टिमले अवस्था बुझेर फिल्म अगाडी नै लगाउन पर्ने उनीहरुको माग छ ।

तर छ माया छपक्कैको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम नसकिएको कारण फिल्म अगाडी लगाउन त्यति सहज छैन । दर्शकले राम्रो फिल्म हेर्न पाएका छैनन् चाडबाडको मौसममा पनि ।

हलवालाले फिल्म मागेको बिषयमा प्रश्न गर्दा दिपक राज गिरीले उक्त्त कुरा स्वीकारे । तर फिल्म प्रदर्शनक लागि तयार नभएको कारण अहिले नै दिन नसकिने बताए । “अशोक दाई (शर्मा) ले फिल्म दशैं कब्जा नगर्नु भएको भए हलवालालाइ समेत यो समस्या आउने थिएन । साथै राम्रो फिल्मले कमाउने मौका पाउथ्यो । बिदाको अवसरमा दर्शकले राम्रो फिल्मको मज्जा लिन पाउंथे । तर दाईको राजनीतिको कारण सबैलाई घाटा भयो र यहि रणनीतिले सधै चल्दैन पनि।” उनले भने । उनले ‘यदि हल खाली नै भएको भएको भए छक्क पन्जा ३ पुनः प्रदर्शन गर्न सकिने’ बताए ।

निर्माता रोहित अधिकारीले समेत हलवालाहरु निरन्तर सम्पर्कमा रहेको र दर्शक हलमा नआएको गुनासो गरेको बताए ।