अस्वस्थ प्रतिष्पर्धा : ‘यात्रा’ लाई यति सम्म गरे ‘ए मेरो हजुर ३’ र ‘लभ स्टेसन’ले

भोली चैत्र २९ बाट फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा अ म्युजिकल भ्लग’ प्रदर्शनको क्रममा छन् । फिल्म बीच प्रतिष्पर्धा हुने पक्का छ । ए मेरो हजुर ३ निर्देशक झरना थापाले डेब्यु गराएका नायक सलिनमान बानिया फिल्म यात्राका लिड क्यारेक्टर हुन् भने झरनाकी छोरी सुहानाले ए मेरो हजुर ३ मार्फत अनमोल केसीसंग डेब्यु गर्दै छिन् । पहिलो फिल्म नै चलेको भएर सलिनलाई दोश्रो फिल्म चल्नै पर्ने दवाब छ । झरनाको बाटोमा लागेकी सुहाना चल्नै पर्ने उनका निर्माता निर्देशक आमाबाबुलाई छ । अनमोलको फिल्म ‘क्याप्टेन’ ले बक्सअफिसमा अपेक्षित ब्यापार नगरेको कारण यो फिल्मको ब्यापार उनलाई समेत चुनौतीको रुपमा खडा भएको छ ।

अहिले आएर यी दुई फिल्मको चल्नै पर्ने प्रतिष्पर्धा नकारात्मक रुपबाट अगाडी बढेको छ । फिल्मको पोस्टर टास्न नमिल्ने नियम लामो समय अघि नै सुरु भएको हो । यो कुरालाई फिल्म निर्माताले बेवास्ता गर्दै प्रमोसनको ठुलो रकम यसैमा खर्चिदै आएका छन् ।

तर गल्ति माथि गल्ति दोहोरिएको छ । फिल्म ‘यात्रा’ को पोस्टर टासिएको स्थानमाथि यात्राको पोस्टर छोपेर ए मेरो हजुर ३ को पोस्टर टासिएको छ । एक त पोस्टर टास्नु नै गलत, त्यसमाथि एकै दिन प्रदर्शनमा आउन लागेका फिल्म जुन दर्शकले लामो समयबाट प्रतिक्षा पनि गरिरहेका छन् भने यस्तो अवस्थामा फिल्महरु बीच अस्वस्थ प्रतिष्पर्धा रहेको देख्न सकिन्छ ।

फिल्म ‘यात्रा’ निर्माता सुशील पोखरेलले उक्त तस्विर सार्वजनिक गर्दै लेखेका छन्:
यो कस्तो बिजनेसम्यानसिप हो?
पोष्टर छोप्दैमा दर्शकलाई रोक्न सकिन्छ र?
ब्यापारिक धर्म बिपरित काम हैन र यो?
तपाईंहरुको जय होस!!
“यात्रा” लाई भगवान र दर्शकले साथ दिए पुग्छ !!
पोखरेलको स्ट्याटसमा निर्माता तथा कलाकार दीपक राज गिरी लेख्छन्, ‘उद्योगको ब्यापार मात्रै होइन प्यार पनि कम भएको छ’।

झरनाले फिल्म चलाउनका लागि आफ्नै छोरीको फिल्मका नायक संगको सम्बन्धलाई त बढावा दिएकी छन् भने यो पोष्टर काण्ड बारे उनलाई थाहा नै नहोला भन्न समेत सकिन्न । खैर जे होस् दुवै फिल्मलाई सफलताको शुभकामना ।

साथै एक हप्ता अगाडी प्रदर्शनमा आएको फिल्म ‘लभ स्टेसन’ ले समेत यात्राको पोस्टरमाथि आफ्नो पोस्टर टासेको छ । विदेशी फिल्मको फ्रेम टु फ्रेम कपि गरेको भनेर आलोचना खेपेको फिल्मले दोश्रो हप्ता प्रवेसको अवसरमा, यहि हप्ता प्रदर्शनमा आउने फिल्मलाई छोपेर आफ्नो ब्यापार सुधार्ने प्रयास गरेको छ ।