निर्भिक निर्देशक : दिपेन्द्र

युट्युवमा हेर्नैपर्ने दश नेपाली फिल्म भनेर सर्च बक्समा खोज्दा पशुपति प्रसाद कहि न कतै सिफारिस भएको हुन्छ । त्यस हिट फिल्मका निर्देशक दिपेन्द्र खनालले अहिले अनौठो काम गरेका छन् ।

जाडो महिना सुरु भएयता नेपाली फिल्म बजार चिसिएको छ । तर पौष महिनाको चिसो एकाएक तातिएको छ । किन त ? यहि समयमा भने एक नेपाली फिल्मको ट्रेलरले जाडो महिना विर्साउने गरी सामाजिक संजाल तताएको छ । त्यो हो दिपेन्द्र खनाल निर्देशित फिल्म आमाको ट्रेलर ।

जुन निर्देशकले पशुपति प्रसाद जस्तो हिट फिल्म निर्देशन गरेका थिए । अहिले फिल्म हलमा च्याप्टो दृश्य अर्थात सिनेम्याटीक फम्र्याटमा हेर्ने बानी भएका दर्शकले अवश्यपनि अर्ध बर्गाकार जस्तो रुपमा आमाको ट्रेलर हेर्दा अनौठो लाग्न सक्छ । यस्तै अनौठो फम्र्याट लिएर उनै आएका छन् । किन यस्तो गरे त । खासमा यस्को कारण छ । किन आयो त बर्गाकार स्वरुपमा फिल्मको प्रस्तुति ।

दिपेन्द्र के खनाल यस्तो निर्देशक हुन् जो अनौठा काम गर्न रुचाउछन् । उनको मन र दिमागले जे आयो त्यहि गर्छन् । कसैको सुन्दैनन् । आफ्नो सोचमा अडिक छन् । उनलाई मुर्ख भन्नेहरु पनि छन् । उनी जवाफ पनि फर्काउंदैनन् । अन्त्यमा फिल्म हिट हुन्छ । दर्शक खुशी, निर्माता पनि खुशी । अनि उनी नै सबैको रोजाईमा पर्छन् । यसरी रोजाईमा परेका निर्देशक खनालको मुल्य एक्कासी बढ्छ । उनको आफ्नो पारिश्रमिक हुन्छ विस लाख । जुन नेपाली फिल्म बजारमा एउटा निर्देशकको पारिश्रमिक उच्च मुल्य हो ।

नेपालमै पहिलो पटक थ्रिडी फिल्म भित्र्याउने जस उनैलाई जान्छ । आज भन्दा छ बर्ष अघि नेपाली सामाजिक थ्रिलर फिल्म भिजिलान्ते बनाएका थिए । उनले निर्देशन गरेको उक्त फिल्म भिजिलान्ते मात्र तिन वटा हलमा थ्रिडीमा हेर्न मिल्यो । किनभने प्राविधिक कठीनाईका कारण बांकीमा भने टुडीमानै चल्यो । फिल्मको लम्वाई र उचाई देखिए पनि गहिराई देखाउन सकिएन । उक्त फिल्ममा धेरै समस्या देखिए पनि यो एउटा ऐतिहासीक काम थियो । जेजस्तो भएपनि नेपाली मिडियाले हेर्न लायक फिल्मको रुपमा भिजिलान्तेलाई बताएको थियो ।

यसरी नेपालमा थ्रिडी फिल्म सुरुवात गर्ने निर्देशक दिपेन्द्रले यहांसम्म आईपुग्दा आफ्नो भिजनलाई किन त बर्गाकार रुपलाई नै रोजे ? जसले पशुपति प्रशाद र चपली हाइट २ जस्तो ब्लकब्लस्टर फिल्म दिईसकेका छन् । पक्कै पनि केही कारण होलानी त !

हिट निर्देशक दिपेन्द्र के खनालले युग देखी युग सम्मबाट नेपाली फिल्ममा पाईला राखेका हुन् । यसपछि भने उनले धर्मा, चपली हाइट, भिजिलान्ते, झोले, पशुपति प्रसाद, चपली हाइट २, लभ लभ लभ, धनपति निर्देशन गरिसकेका छन् । जसमा युगदेखी युगसम्म र धर्मा कोशीसमै रह्यो । चपली हाईटले उनलाई चिनाउने काम गर्यो । भिजिलान्तेले झनै उनलाई फराकिलो बनायो । झोलेले अडियन्स कमाउने काम गर्यो । पशुपति प्रसादले त नाम दाम सबै कमायो । लभ लभ लभ र धनपतिले औषत क्षमता देखाउने काम भयो । अहिले आमा मार्फत फरक देखाउने कोशिसमा छन् ।

उनले यो निर्देशकिय दौरानमा सबैभन्दा बढी फिल्म पशुपति प्रसादबाट २०१६ मा भएका सबै अवार्डमा उत्तम निर्देशकको अवार्ड जित्न सफल भए । फान अवाड, नेशनल फिल्म अवार्ड, डिसिने अवार्ड, एनएफडिसी अवार्ड, एलजी फिल्म अवार्ड, कामना फिल्म अवार्ड सवै उनको पोल्टामा परेको थियो । यस्तो नाम कमाएका निर्देशकले किन रोजे त बर्गाकार प्रस्तुति ?

आमा फिल्म फागुन ९ गते रिलिजको तयारीमा छ । उनले अहिले उक्त फिल्म आमाको लागि रोजेको प्रस्तुति ४:३ हो । यसलाई सजिलो भाषामा बुझ्न टेलिभिजनको स्क्रिनको आकारलाई मान्न सकिन्छ । कुनैपनि दृश्य र भिडियोको अनुपात हुन्छ । फिल्मलाई टुडी अर्थात लम्वाई र उचाई । प्रस्तुतिमा चौडाई र उचाईको औषत हुन्छ । यसको आफ्नै विकासक्रम रहेको छ । जसलाई अंग्रेजीमा अस्पेक्ट रेसियो (आकार अनुपात¬¬) भनिन्छ । यसमा अहिलेसम्म धेरै खालका आकार अनुपातको विकास भएको छ । तर निर्देशक खनालले ४:३ लाई नै रोजे । किन त ?

संसारमा रहेका थिएटरमा चलिआएका थुप्रै आकार अनुपातहरुको प्रस्तुति रहेका छन् । तंपाई हामीले हेरिरहेको सिनेमा स्कोपलाई लात हान्दै दिपेन्द्रले उहि पुरानो आकार अनुपात ४:३ लाई किन रोजेका छन् । उनलाई सिनेमास्कोप हेर्ने दर्शकको मतलव छैन । उनलाई आफ्नो फिल्मको कन्टेन्ट कसरी देखाउनेमा मात्र चिन्ता छ । त्यो अवस्था सम्मको लागि उनी चुनौती लिने हठ राख्छन् । किन त ? के त्यो सफल होला त ? यसको सम्पूर्ण उत्तर उनैसंग छ । उनी फरक देखाउन चुनौती मोल्न तयार छन् । निर्भिक छन् । खनाल भन्छन् ‘म आफ्नो काममा कन्भीन्स छु’ ।

सामान्यतया फिल्मको धार अनुसार आकार अनुपात निर्देशकले चयन गर्ने गर्दछन् । आमा फिल्म सामाजिक कन्टेन्टमा बनेको बुझ्न सकिन्छ । त्यसमाथी फिल्मको कन्टेन्ट आम नेपालीको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा देखाउन खोजीएको छ । जहां कुनै भब्य सेट देखाउन आवश्यक छैन । मात्र हस्पीटलका भित्ता छन् । त्यसैले मस्त सिन हेर्न चाहने र पर्दामा रंगीचंगी हेर्नेको लागि भन्दा पनि फिल्मको विषयलाई केन्द्रित गर्न निर्देशक खनालले आमा फिल्मको प्रस्तुतिलाई ४:३ मा निर्देशित गरे । संसारमा फिल्मको पर्दा आकार अनुपात १:१, ६:५, ५:४, ४:३, ११:८, ३:२, १४:९, १६:९, १६:१०, ५:३, २ :१, ४ :१,  चलनमा रहेका छन् । जसमा निर्देशक दिपेन्द्र के खनालले कन्टेन्टलाई फोकस गरेकाले ४:३ लाई रोजेका हुन् । जसले अडियन्सको ध्यान कलाकार र उनीहरुको प्रस्तुतिको कन्टेन्टमा सिधै केन्द्रित हुने गर्दछ । जसले आफ्नो विषय बुझाउन सहज हुने गर्दछ । त्यसैले निर्देशक दिपेन्द्र के खनालले यो प्रस्तुतिलाई रोजेका हुन् ।

तर नेपाली फिल्ममा अरु निर्देशकहरुले जेजस्तो भएपनि आकार अनुपातलाई, भव्य सिनेम्याटिक फम्र्याटलाई बुझी नबुझी दर्शकलाई पस्किने गर्दछन् । जसमा खनाल फरक छन् । त्यसैले उनको फ्रेमलाई अहिले सबैले रुचाउन पुगे । उनले सिनेम्याटिक भिजनमा अभ्यस्त भएको अहिलेको दर्शकमा आफ्नो कन्टेन्ट विकाउनको लागि रिस्क मोलेका छन् । उनी नडराई आफ्नो काममा छन् । त्यसैले त निर्भिक छन्, निर्देशक खनाल ।