विवादमा परेका गायक दुर्गेश थापा पक्राउ

अपराध महाशाखाको टोलीले गायक दुर्गेश थापालाई पक्राउ गरेको छ । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुखले जानकारी दिए । थापालाई सोधपुछ गरी गीत हटाएर छोड्ने तयारी रहेको प्रहरीले बताएको छ ।

‘‘ह्याप्पी तिहार, चिसो वियर’ लाई लिएर गायक दुर्गेश थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । गीतले चाँडै लोकप्रियता पाए पनि आलोचना उतिकै मात्रामा भएको छ ।