संगीतकर्मी कलाकर्मी जयनन्द लामाका जीवनका केही किस्सा

कुनै एक परिचय काफी छैन, उनको लागि ।  लोक गायक, कलाकार, फिल्म निर्माता, निर्देशक, संगीतकार, संकलक, लेखक, समग्रमा जयनद लामालाई संगीत कर्मी तथा कलाकर्मी भन्न सकिन्छ ।  रंगमंचमा समेत उनले लामो समय बिताएका छन् ।  लामा भएर जन्मिएका उनले लामाले प्राप्त गर्ने ज्ञान स्कुल जान अघि नै प्राप्त गरेका थिए ।  उनले जिल्लामा प्राथमिक शिक्षा लिएको भए पनि बिभिन्न स्थानमा रहेर संगीत अध्ययन गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा हुने कार्यक्रममा राम्रो प्रस्तुतिका कारण उनले संरक्षण समेत प्राप्त गरे ।  भैरव वहादुर थापाको संरक्षणमा रहेर उनले स्कुल कलेज र विश्वविद्यालयको ज्ञान प्राप्त गरे । साथै उनी हाल सम्म प्राप्त गरेको नाम काम र दाम सम्मान थापाकै देन मान्छन् ।  उनले संगीत कर्म कलाकारमा गरेर नै जीविकोपार्जन गरे कुमार बस्नेत र लामाको माग हुने अवस्थामा संचयकोसको हाकिम भएका कारण बस्नेतले समय नपाउने भएको कारण तत्कालिन समयमा उनी नै स्टेज तताउने गायक कलाकारको रुपममा मानिन्थे ।  ‘अहिले टिकट घरमा लिएर जादा हेर्न आउदैनन्, पहिले प्रज्ञा भवन अगाडी बिहानबाट नै लाइन बस्नु पर्थ्यो । ‘उनी भन्छन, ‘कलाको सम्मान कम हुदै गएको छ अहिले’ ।

रेडियोनेपालमा राम्रो गाए पछी बिशेष प्रतिक्रिया पाए पछी पुनः अर्को गीत गाउन पाउथ्यो ।  र उनले यो अवसरको सदुपयोग गर्दै गए ।

नेपाली क्यासेट नै नबन्ने अवस्थामा एउटा क्यासेट बराबर ५०पैसा बराबर रोयल्टी लिएर ‘जयनन्दल लामा भाग्य’ बोलको क्यासेट तयार गरिएको थियो ।  उक्त अवस्थामा नेपाली क्यासेट बिक्दैन भन्दै पसलमा लिन मानेन । तर लामो संघर्ष पछी २ ४ पिस क्यासेट बेच्न राखेको र क्यासेटमा बजाउदा धेरै राम्रो कमाइ र प्रसंसा प्राप्त भएको मिठो अनुभव उनी सम्झीरहन्छन् ।  पहिलो सफलता संगै दोश्रो भाग निकाल्न म्युजिक नेपालका व्यक्ति उनी सम्म आए ।  उक्त समय उनको फुर्सद थिएन ।  दिनको सरकारी जागिर बिहान बेलुका संगीत सिकाउने काम ।  त्यहि पनि उक्त समयमा एक रोपनी जग्गा आउने रकम ५०००मागेंकोमा सोहि समय नै दिएर गीत रेकर्ड गर्न लगाएको मिठो अनुभव सुनाउछन् उनी ।  त्यो पछी १५००० हुदै तेस्रो भाग सम्म आइ पुग्दा ४५००० पुगेको र रोयल्टी बढेर १ रुपैया बनेको थियो ।  यसरि उनकै कारण संगीतमा लागेर पनि बाच्न सकिने हिम्मत आउदो पुस्तालाई बढेको थियो ।

तामांग भाषाको पहिलो फिल्मका निर्देशक तथा निर्माता समेत जयनन्द लामा नै रहेका छन् । उनी संग काम गर्ने कलाकारहरु उनी एकदम मिजासिलो रहेको बताउछन् ।

साखा अधिकृत रहेर रेडियो नेपालमा काम गर्दै गर्दा उनलाई २०४६ सालमा मण्डलेको आरोप लाग्यो ।  त्यो पछी उनी ३महिनाको लागि भनेर अमेरिका भासिए । उनले सोहि क्रममा ग्रीन कार्डको लागि फारम भरे । केहि समय मै उनलाई कार्ड लिन बोलाइयो ।  तर जब अन्तर्वार्तामा उनी पुगे, उनले थाहा पाए कि अमेरिकी कार्ड लिनलाई नेपाली नागरिकता त्याग्न पर्ने रहिछ ।  त्यो पछी उनले ‘नेपाली नागरिकतासंगै कार्ड दिन मिल्छ भने देउ हैन भने चाहिदैन ‘ भनेर जवाफ दिए ।  उक्त निर्णयसंगै उनलाई ७दिन भित्र अमेरिका छोड्न भानियो,  र उनी नेपाल फर्किए । रास्ट्रियता कुनै पनि खण्डमा त्याग्न नसकिने उनको कुरा रहेको छ ।