फ्राइडे रिलिज : घामड शेरे र जीवन काँडा कि फूल

फ्राइडे रिलिज अन्तर्गत आज कार्तिक २२बाट २ नेपाली फिल्म ‘घामड शेरे’र ‘जीवन काडा कि फूल’ प्रदर्शनमा आएका छन् ।

समसामयिक बिषयमा निर्माण भएको फिल्म ‘घामड शेरे’ को प्रिमियर हिजो भक्तपुरमा गरिएको थियो । यहि फिल्म मार्फत स्वस्तिमा खड्का र निश्चल खड्काले एक साथ फिल्ममा काम गरेका छन् ।  तर उनीहरु श्रीमान श्रीमती नभएर साली भेना भएर अभिनय गरेका छन् । ३५ दिनको छायांकन सुर्खेत आसपास गरेर निर्माण टिमले बाकी छायांकन काठमाण्डौमा गरेको छ । हेमराज बिसीको निर्देशन रहेको फिल्ममा निश्चल स्वस्तिमाको साथमा लोकेन्द्र लेखक, सुष्मा निरौला लगायत कलाकार रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहेको छ ।

साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा फिल्म आधारित रहेको छ । विनोद विष्टले निर्माण तथा निर्देशन गरेको फिल्ममा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमकको बहिनीको भुमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भुमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ । झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको फिल्ममा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् । शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको फिल्मको सह निर्माता बद्री चौहान उमेश सुवेदी र जुनु गौतम रहेका छन् । फिल्मलाई श्रीराम वालाजी टेली फिल्म सुनिल मानन्धरले वितरण गर्दैछ ।