गोविन्द शाही पुनः पक्राउ

फिल्मकर्मी गोविन्द शाही पुनः पक्राउ परेका छन् । भक्तपुरको भाटभटेनीमा रहेको क्यु एफ एक्समा फिल्मको प्रिमियरमा पुगेका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । तर उनलाई केको लागि पक्राउ गरिएको भन्ने बारे जानकारी प्राप्त भएको छैन । बिस्तृत जानकारी आउन बाकि छ ।

भोलिबाट प्रदर्शनमा आउने फिल्म ‘घामड शेरे’ को प्रिमियरको लागि उनी त्यहाँ पुगेका थिए । केहि समय अघि मात्रै फिल्मको पैसा नदिएको भन्दै उनी पक्राउ परेका थिए । फिल्म लिलीबिली विवादमा उनले दिनु पर्ने ८८लाख नदिएको भन्दै निर्माता सुदिप खड्का र निर्देशक मिलन चाम्सको निवेदनको आधारमा पक्राउ परेका हुन् ।