‘रामायणको ११ वर्ष पहिले दारा सिंह बनेका थिए बजरङ्ग बली’

भारतमा लकडाउन चलिरहँदा भारतीय सरकारी माध्यम दूर दर्शनमा हिन्दुको चर्चित धार्मिक ग्रन्थ रामायण पुन: प्रशारण भइरहेको छ। मानिसहरुलाई घरमै बसेर दिन कटाउन सरकारी टेलिभिजनले  रामायणको पुन: प्रसारण गरेको हो।

उक्त रामायणमा एउटा निक्कै चर्चित तर सशक्त पात्रको नाम हो हुनमान। रामायणमा हनुमानको भूमिका निभाउने लेजेण्ड्री अभिनेता दारा सिंह नभए पनि उनको त्यो भूमिका सबैको मन, मस्तिषकमा बस्न सफल भएको छ। उनलाई हरेक वर्ष हनुमान जयन्तीमा घरघरमा पुजिन्छ। लकडाउन अवधिमा रामायण चलिरहँदा  हनुमानको भूमिकाका कारण उनको छोरा विन्दुले हनुमान बन्नुपछाडिको रहस्य खोलेका छन्। उनले बुवाले रामायणमा आउनु ११ वर्ष पहिले नै बजरङ बलीको भूमिकामा आइसकेको बताएका छन्।

पहिले पनि गरिसकेका थिए। दारा सिंहका छोरा विन्दुले भनेका छन्, ‘बुवाले सबैभन्दा पहिले हनुमानको भूमिका निभाउने काम चन्द्रकान्तले सन् १९७६मा दिएको थियो।’ उसले दारा सिंहसँग मिलेर बजरङग बली पनि बनाएका थिए। उक्त फिल्म निक्कै ब्लक बस्टर रह्यो। त्यसपछि दारा सिंह घर घरमा पवन पुत्र हनुमानको नामले चिनिन पुग्यो।

सपनामा देखे बुवालाई


बजरङबली रिलिज भएको ११ वर्षपछि रामानन्द सागरले रामायण टिभी सिरियल बनाए। विन्दु भन्छन्, ‘पापाजी (रामानन्द सागर) जब रामायण बनाउन सुरु गर्यो, त्यतिबेला दीपिका चिखलिया सीताको भूमिका निभाउन पहिलो पटक आएकी थिइन्। अरुण गोविल रामको लागि पहिलो च्वाइस थिएनन्। उनी अरु कुनै भूमिकाको लागि छानिएका थिए। तर उनले भनेका थिए की म रामको भूमिका मात्रै गर्न चाहन्छु।

 

View this post on Instagram

 

Happy Father’s Day to all the lucky guys! Miss you dad ? #fathersday #darasingh #vindudarasingh

A post shared by Vindu dara Singh (@vindusingh) on

एक रात पापाजीको सपनामा मेरो बुवा हनुमानको रुपमा देखिनुभयो। मेरो बुवासँग जब हनुमानको रोल आयो, उनलाई यसको भूमिका निभाउनुको कुनै विकल्प थिएन। किनकी पापाजीको कुरा कसैले काट्न सक्दैनथेँ।

रामायणपछि महाभारतमा पनि दारासिंह


दारा सिंहका छोरा विन्दुले भनेका छन्, ‘त्यतिबेला मेरो बुवा ६० वर्षको हुनुहुनुथ्यो। वर्षैपिच्छे रेश्लिङ गरेपछि उनलाई काँध र घुँडामा लागेको चोटले पीडा दिने गर्थ्यो। रामानन्द सागर जीले उनलाई फेरि हनुमानको भूमिकाको लागि मनाउनुभयो।’ उनी हनुमानको लागि सधैं एकदम फिट रहन्थे। रामायण फेरि यो लक डाउनमा सुरु भएपछि छोरा निक्कै खुसी छन्।

 

उनले भनेका छन्, ‘ मेरो बुवाले यसपछि एक पटक मात्र हनुमानको भूमिका निभाउनुभयो त्यो पनि बीआर चोपडाको माहाभारतमा हनुमान बनेर।’

बुवापछि विन्दु थिए हनुमानको पहिलो रोजाइमा


जबसम्म बुवा दारा सिंहले हनुमानको भूमिका निभाएका थिए, त्यतिबेला सम्म उनै पहिलो रोजाइमा पर्थे। तर दारासिंहपछि छोरा विन्दुले लिए बुवाको ठाउँ। सन् १९९६मा टीभी सिरियल जय वीर हनुमानको लागि उनलाई अफर आएको थियो।

विन्दु भन्छन, ‘ म यो कुरालाई लिएर निक्कै अप्ठ्यारो मानिरहेको थिएँ की जुन भूमिकामा बुवा देखिनु भयो म कसरी कसरी उक्त भूमिका गर्न सकूला । तर मैले यसलाई चुनौतीको रुपमा स्वीकारे। अब मलाई हरेक वर्ष दिल्लीमा रामलीलामा गरिने हनुमानको भूमिकामा बोलाउने गर्छ।’