फ्लोरमा ‘हेल्लो काँशीराम’

रिम विश्वकर्माको निर्माण निर्देशनमा बन्न लागेको फिल्म ‘हेल्लो काँशीराम’ को छायाँकन सुरु भएको छ । कमेडी जनराको फिल्ममा नायक दिलिप रायमाझी र नवज्योति रसाइलीको मुख्य भूमिका रहनेछ ।

पी.बि.थापा सह निर्माता रहेको फिल्मलाई यम आले मगरले छायाँकन गर्दैछन् भने जीवन गौतम मुख्य सहायक निर्देशक रहेका छन् । २५ दिनमा छायांकन सक्ने योजना सहित आजबाट फिल्मको छायाँकन प्रारम्भ भएको छ । फिल्ममा शंकर महर्जनको द्वन्द,दिपेन्द्र हमालको शृंगार र लिसन डिसी प्रोडक्सन म्यानेजर रहेका छन् । फिल्ममा दिलिप र नवज्योतिको अलावा अर्जुन गुरुङ,उमेश मायालु,उमेश राइ सरोज केसी,सुमन खाँड लगाएतका कलाकारको अभिनय रहनेछ ।