हिट निर्देशकको अगाडीको बाटो कति साहज ?


निश्चल बस्नेत व्यापारिक रुपमा ह्याट्रिक फिल्म दिएका थिए । लुट, टलक जंग भर्सेस टुल्के, लुट २ उनले निर्देशन गरेका हुन् । निश्चलकको लुट २ मा व्यापार भयो । व्यापारले निर्देशक बस्नेतको धित मरेन । दर्शकको सन्तुष्टी भएन । निश्चलको बाटो रोकिएको छ । निर्देशनको बाटो रोकिएर निश्चल कलाकारको बाटो चहार्दै छन् । कलाकारको बाटोले उनको निर्देशकको बाटोलाई अन्यौलमा पार्यो । हिट निर्देशक निश्चलको फिल्म निर्देशनमा फर्किन समस्या भयो । उनीबाट दर्शकको आशा बढेको छ, त्यो छुन नसकुँला भनेर उनले फिल्म निर्देशन गरेका छैनन् ।

रामबाबु गुरुङ कबड्डीलाई छाड्न सक्दैनन् । छाड्न खोजेका हुन् । पुरानो डुङ्गा, साइली बनाएका हुन् । दर्शकले कबड्डीमा दिएको माया यसमा दिन सकेनन् । रामबाबु कबड्डी कबड्डी कबड्डी ३ मा फर्किए । रामबाबुले कबड्डीलाई छाड्न सकेका छैनन् । उनलाई छाड्दा असफल हुने डर छ । हिट निर्देशकले नयाँ फिल्मलाई यस्तै क्रेजिलो बनाइदिए हुने ।

हिट निर्देशकमा प्रदिप भट्टराई थपिए । ३ वटा फिल्म हिट दिएर मात्रै होइन, ५१ दिनको ह्याट्रिक गरेर उनी चले । जात्रा, शत्रुगते, जात्रै जात्रा । उनले फरकपन खोजे । प्रदिपलाई हसाउने फिल्म राम्रो बनाउछन् भनेर दर्शकले धाप मारे । प्रदिप दर्शकको धापमा खुशी छन्, उस्तै दबाबमा पनि । जात्रै जात्राको खुशी नसिकिदै चौथो हिट फिल्मको खोजीमा प्रदिप लाग्न पर्नेछ । प्रदिपलाई असफल फिल्म दिने छुट नभएजस्तो देखियो । प्रदिपको बाटोमा अब कता ? सिरिजमा कि नयाँ फिल्ममा ?

ए मेरो हजुर २, ए मेरो हजुर ३ हिट दिइन् निर्देशक झरना थापाले । फेरि पनि हिट नै दिनपर्यो । हिटको ह्याट्रिकको लोभ उनमा छ । झरना भागवत गीता र ए मेरो हजुर ४को दोधारमा देखिइन् । झरनालाई थाहा छ, भागवत गीता नयाँ नाम हो । यो नाममा फिल्म बनाउँदा उनलाई जोखिम हुन्छ भन्ने लाग्छ । जोखिम ए मेरो हजुर ४ बनाउँदा कम छ । तर, झरनालाई सिरिज हिट होइन, फ्रेस फिल्म हिट बनाउन पर्ने छ ।

दिपाश्री निरौलाले छक्का पन्जा १, २ र ३ को ह्याट्रिक गरिन् । ३ फिल्म हिट दिएपनि दिपाश्रीलाइ सबै जस गएन । टिम राम्रो छ । टिमले फिल्म हिट भयो । दिपाश्री विश्राममा छिन् । विश्राम लिएकाले दिपाले नयाँ फिल्म के गर्छिन् भन्ने होला । उनी छक्का पन्जा ४ नै बनाउन खोज्दैछिन् । तर, छक्का पन्जाको टिमबाट बाहिर रहेर उनले फिल्म बनाउन सक्लिन् ?

हिट निर्देशकहरुको बाटो अप्ठ्यारो छ । तनाव छ,चुनौती छ । चुनौती पार लगाउन अझै मेहेनतको आवश्यकता छ ।