जमुना र गोकर्णको स्वरमा ‘ए कान्छा’ सार्बजनिक (भिडियो)

गायिका जमुना आचार्य र गोकर्ण राना मगरको स्वर रहेको ‘ए कान्छा’ बोलको गीतको भिडियो युटुवमा सार्वजनिक भएको छ । गीतमा जमुना आचार्यको शब्द तथा संगीत रहेको छ ।

मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताएकि छिन् । धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जिवन भोगाईलाई गीतमा समेटिएको छ । रुपा थापा अधिकारी र कमल खनालको अभिनय रहेको भिडियोमा प्रतिक बहादुर श्रेष्ठको छायाँकन, दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको निर्देशन र कोरियाग्राफी रहेको छ ।