कोरोना भाइरसले अमेरिकी जाज गिटारिष्ट पिज्जारेलीको ज्‍यान लियो

कोरोना भाइरसका कारण अमेरिकी जाज गिटारिष्ट जोन बकी पिज्जारेलीको मृत्यु भएको छ । ९४ वर्षीय जोनलाई आइतबार कोरोना पोजिटिभ देखिएको र उनको घरमै मृत्यु भएको पारिवारले पुष्टि गरेको  बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाको पिटर्सनस्थित न्यू जर्सीमा जन्मिएका जोनले आफ्नो जीवनमा आठ दशक गिटारिष्ट भएर योगदान दिएका थिए । यसका साथै उनी न्यु जर्सी हल अफ फेमको सदस्यको रुपमा थिए । उनले फ्रयांक सिनात्रा संगै पनि प्रस्तुति दिएका थिए भने उनले पूर्व अमेरिकी रास्ट्रपतिहरु रोनाल्ड रेगन र विल क्लिन्टन सामु पनि आफ्नो प्रस्तुति दिएका थिए ।

यसअघि अन्य दुई अमेरिकन संगीतकारहरु – ८५ वर्षीय जाज पियानिष्ट इलिस मर्सालिस र पप ब्याण्ड फाउण्टेन्स् वेनीका ५२ वर्षीय एडम स्केसिङगर को कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।