एसिड भिक्टिम जेनीलाई ‘छ माया छपक्कै’ टिमको सहयोग

फिल्म छ माया छपक्कै टिम ले एसिड भिक्टिम जेनी खड्कालाई भेटेर सहयोग गरेका छन् । दीपक राज गिरी र दीपा श्री निरौलाको उपस्थितिमा एक पटक अपरेसनको खर्च उनीहरुले दिएका छन् । साथै उनीहरुले जेनी कि छोरीको शिक्षामा सहयोग गर्ने बाचा समेत गरेका छन् । कालोपुलमा आफ्नै श्रीमानले एसिड छ्यापेपछि उनी किर्तिपुरको एक अस्पतालमा उपचाररत रहेकी छन् । खर्च अभावको कारण उनको उपचार रोकिएको थियो भने पैसा तिर्न नसकेको कारण अस्पतालले डिस्चार्ज दिन मानेको छैन ।

दिपेन्द्र के लामाको कथा तथा निर्देशनमा यहि असोज २४बाट प्रदर्शनमा आएको फिल्म छ माया छपक्कैले दर्शकको मन जित्न सफल भएको छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारी रहेका छन् । फिल्म छायांकन हरी हुमागाईंको छ । फिल्मका लागि कलाकार केकी अधिकारी, दिपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायत छन् । फिल्ममा दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा रहेकी छन् ।