फ्लोरमा ‘झिंगेदाउ’

फिल्म झिंगेदाउ फ्लोरमा गएको छ । खोटांगको हलेशीबाट फिल्मको छायांकन सुरु भएको छ । लामो ग्यापपछि ज्ञानेन्द्र देउजाको निर्देशनमा फिल्म बन्न लागेको हो । साहित्यकार भीमनीधि तिवारीको आख्यानमाथि फिल्म बन्न लागेको हो । फिल्मको दोश्रो सेड्युल काभ्रेको भकुन्डेबेसीमा हुने छ ।

फिल्ममा मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहने छ । फिल्ममा केकी र मुकुन, आँचल र कुशलको जोडीलाई हेर्न सकिनेछ । निर्माता कम्पनी कपन गढीले रहेको छ । फिल्ममा विष्णु कल्पितको छायांकन, पासाङ टी शेर्पा कला निर्देशक, अर्जुन पोखरेलको संगीत र पटकथा एवं संवाद प्रदीप भारद्धाजको रहने छ । निर्माता एवं निर्देशकको रुपमा स्वयम देउजा छन् ।