‘द कबड्डी सङ’ मा काली र अनुपम

असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी कबड्डी कब्बड्डी’को प्रमोसनल गीत ‘द कबड्डी सङ’ सार्वजनिक भएको छ । गीतमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्मा फिचर्ड छन् । कालीप्रसाद र अनुपमको कबड्डी र्याप ब्याटल निर्देशन बिजु कर्माचार्यले गरेका हुन् ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा. सिंह गुरुङ, शिला खनाल, मणि के राई लगायतको अभिनय रहेको छ । बासुरी फ़िल्म्स र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको हो । माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । फिल्ममा शैलेन्द्र डि. कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।