काली बिरुद्ध संगीत चोरीको आरोप : प्रहरी परिसर टेकुमा उजुरी

संगीत चोरीको आरोप पटक पटक खेप्दै आएका संगीतकार कालीप्रसाद बास्कोटाविरुद्ध महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी परेको छ । संगीतकार बास्कोटाको ‘समाचार’ बोलको गीत ‘बुझाई देउन’ बाट लिएको आरोप लागेको छ ।

गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडि रेकर्ड गराएको गीत, ‘समाचार’ संग मिलेको दाबी उजुरीमा गरिएको छ । महतले बास्कोटसँग प्रतिलिपी अधिकारको विषयमा छलफलको लागि प्रयत्नरत रहेको निवेदनमा उल्लेख छ । प्रहरी प्रशासनबाट चित्तबुझ्दो नतिजा नआएपछि सोमबार महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेका छन् । यसअघि पनि उनलाई ‘इन्स्टाको फोटो’ गीतमा चोरिको आरोप लागेको थियो ।

https://www.facebook.com/mr.mahat/videos/2422732527748023/?t=24