किटिनी उच्च माविमा अध्ययन गर्दै करिश्मा

अभिनेत्री करिश्मा मानन्धरको आगामी अध्ययन  किटिनी उच्च माध्यमिक विद्यालयमा हुने भएको छ । उनको उक्त बिद्यालयको पोशाकमा रहेको तस्वीर सार्वजनिक भएको छ ।

आफ्नो घर नजिकैको बिद्यालय भएको कारण उनी आफु त्यहाँनै पढ्ने यस अघि नै उनले बताउदै आएकी थिइन् । किटिनी उच्च माविमा अध्ययन गर्ने भएपछि करिश्मा अधिकांश समय गोदावरीमा बस्ने भएकी छिन् ।  यसै वर्ष एसईईको अध्ययन पूरा गरेकी करिश्माले उच्च शिक्षा लिने प्रण गरेकी छन् । राजनीतिमा समेत लागेकी उनले अध्ययनलाई जोड दिने बताउछिन्  । उक्त विद्यालय अन्र्तगत स्तानकसम्म अध्यापन गराउने कलेज पनि छ ।