सुरु भयो एसईई परीक्षा, अभिनेत्री करिश्मा मानन्धर परीक्षामा सामेल

यस वर्षको एसईई परीक्षा चैत्र १० गते आइतवारबाट सुरु भएको छ । देशभरबाट करिब ४ लाख ७५ हजार परीक्षार्थी यस परीक्षामा सहभागी भएका छन् । त्यही भिडमा नेपाली फिल्म क्षेत्र कि चर्चित नायिका करिश्मा मानन्धर पनि सामेल भएकी छिन् ।

त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतिदेवीमा अध्ययन गरेकी उनले विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार केन्द्रमा परीक्षा दिइरहेकी छन् । एसईई परीक्षाका लागी जोडतोड मेहनत गरेकी मानन्धरले कस्तो नतिजा हाँसिल गर्छिन् त्यो भने रिजल्ट पछि थाहा हुनेछ । हालका लागि धेरै कि प्रेरणा बनेकी मानन्धरलाई सफलताको शुभकामना ।
तस्विर : सामाजिक संजाल